सबैको प्यास बुझाउने पानी हुने मन छ
नबिझाउने आँखाको नानी हुने मन छ

घृणै घृणा पैदा भएको यो समाजमा
प्रेम अनि सद्भावको खानी हुने मन छ

ज्ञानका कुरा बाँढेर कहिले नरित्तिने
अथाह विचारको घानी हुने मन छ

त्यो इतिहास पल्टाएर हेर्दै जाँदा
एउटा सुनौलो कहानी हुने मन छ

Leave a Reply