गरेछु गल्ति चुपचाप चुपचाप
सजाय भोग्दैछु चुपचाप चुपचाप

रोएर यो मन, झरेर आशु
माग्दैछु माफ चुपचाप चुपचाप

चिच्याएर निक्लिएको त्यो चित्कार
लाग्दैछ धिक्कार चुपचाप चुपचाप

बलेको आगो पानी पाएसी निब्छ
निभाईदिनुस त्यो राप चुपचाप चुपचाप

दुश्मन हैन त्यो मित्रता सायद
गर्दिनुस माफ चुपचाप चुपचाप

Leave a Reply